प्यूठान ।
स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि खलंगाको टिकट काउन्टरमा स्थानीयबासीले आगजनी तथा तोडफोड गरेका छन् । काठमांडौदेखि खलंगाका लागी आउने बसले यात्रुलाई बाग्दुलासम्म ल्याउने र सम्बन्धीत ठाउँमा नआएको भन्दै स्थानीय युवाले शुक्रबार काउन्टरमा आगजनी तथा तोडफोड गरेका हुन् । युवाहरुले पटक पटक प्रा.लिका प्रतिनीधी, प्रमुख जिल्ला अधिकारी र युवाहरुबीच सहमति गरेपनि यातायात ब्याबसायिले सहमति कार्यान्वयन नगरेपछि युवाहरुले आगजनी तथा तोडफोड गरेका हुन् । युवाहरुले काउन्टर आगजनी तथा तोडफोडपछि स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.को प्रधान कार्यालयमा तालाबन्दी गरेका छन् ।
आगजनी तथा तोडफोडपछि अहिले जिल्ला प्रशासनमा त्रिपक्षीय छलफल भइरहेको छ ।

