सोलारबत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीन जनालाई अख्तियर दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले पालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित
लेखापाल र एमआइएस अप्रेटरविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
गत साउन ३१ गते अख्तियारको इटहरी कार्यालयको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआइएस अप्रेटर वीरेन्द्रकुमार यादवलाई सेवाग्राहीबाट घुसबापत दुई लाख नगद र तीन लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा यो प्रकरणमा गाउँपालिका अध्यक्षको पनि मिलेमतो देखिएकाले तीनैजनाउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारकाले बताएको छ ।

