काठमाडौँ — नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र वाहृय ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।
सरकारको वाहृय ऋण रकम १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ बराबर छ । सरकारको कुल ऋण रकम एक वर्षको अवधिमा २ खर्ब ८ अर्ब बढेको हो । कान्तिपुर दैनिक

