गौमुखी गाउपालिकाको बिकासका लागि सर्बपक्षिय छलफल भएको छ । सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले प्युठानको बिकासका लागि आगामि बजेटमा आफुले नमुनाका रुपमा काम गर्ने बताएका छन । गौमुखी गाउपालिकाको बिकासका लागि लिवासेमा भएको सर्बपक्षिय छलफलमा बोल्दै राणाले यसक्षत्रको मुख्य समस्याका रुपमा रहेको बाग्दुला मच्छि ठुलाबेशि अर्खा सडकको स्तरउन्नतिका लागि काम थालनि भएको बताउदै आगामि बर्षको बजेटमा प्युठानले अनुभूति गर्ने गरि बजेट ब्यबस्थापन गर्ने बताएका छन । गौमुखी गाउपालिका पर्यटन को हिसाबले पनि महत्त्वपूर्ण ठाउँ भएकोले यहाको बिकासका लागि आफु निरन्तर लाग्ने बताएका छन ।
कार्यक्रममा गौमुखी गाउपालिका अध्यक्ष बिष्णु कुमार गिरिले पालिकाको बिकासका लागि सबै पक्षसङ्गको सहकार्यमा अगाडि बढ्ने बताउदै गौमुखी क्षत्र सवारी चापका हिसाबले बढि भएको बताउदै सडक सुधारमा काम गर्न आग्रह गरेका छन ।
गाउपालिका उपाध्यक्ष महाबिर रानाले कार्यक्रम सहजिकरण गर्दै यस क्षत्रको बिकासको मानक परिवर्तन गरि नागरिकमा लोकतन्त्रको अनुभुती हुने गरि बिकासका लागि राणा मन्त्री भएको बेलानै यहाको बिकासका लागि नागरिक बिश्वस्त रहेको बताएका छन । यसै बिच मन्त्री राणाले गौमुखी गाउपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको समेत उद्घाटन गरेका छन ।

