प्यूठान । नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन शनिबारबाट सुरु हुदैछ ।
पौष ६ गते सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका सम्मेलनको उद्धघाटन गर्ने नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले बताए ।
पालिका सम्मेलन पौष ६ गतेदेखि पौष १६ गते सम्म जिल्लाका ९ वटै स्थानीय तहमा सम्मेलन गर्ने पार्टीले जनाएको छ ।
समेलनमा पार्टी निकट सबै भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवश्यक प्रशिक्षण समेत गरिने कांग्रेसले जनाएको छ ।

