प्यूठान । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले आफुमाथि लक्षित गरी जातीय बिभेद गरेको भन्दै दलित सञ्जाल झिमरुकले जारी गरेको प्रेस बिज्ञप्तीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले दलित सञ्जाल झिमरुकले जारी गरेको प्रेस बिज्ञप्तीको खण्डन गर्दै बिहिबार एक बिज्ञप्ती जारी गरेका हुन् । दैनिक कामकाजका लागी पालिकाले भाडामा पिक अप जीप प्रयोग गर्दै आएको थियो । तर पुन म्याद थप नभएपछि गाडीधनीले चालक दलित भएकाले गाडीको म्याद नगरेको भनी राजनीतिक प्रतिशोध साधेको र आफुले गाडी चालक रेशम सुनारलाई जातीय बिभेद तथा सवारीधनीसगँ चालक परिवर्तन गर्न कुरा नभएको उपाध्यक्ष पोख्रेलले बिज्ञप्तीमा उल्लेख छ ।
पालिकाले गाडीको म्याद थप नगरेका कारण गाडीधनी झिमरुक गाउँपालिका ६ का हेमराज भट्टराईले हुदै नभएको बिभेदको कुरा उठाएको बताएका छन् । धनीले आफ्नो सवारीको म्याद थप गर्न पहल गरिदिन पार्टीका जनप्रतिनीधीलाई लगाएका थिए । पालिकाले म्याद नथपेकै कारण आफुमाथी राजनीतिक प्रतिसोध राखेको पोख्रेलको भनाई छ ।
उता चालक रेशम सुनारले भने आफुले प्रत्यक्ष रुपमा उपाध्यक्षबाट बिभेदको अनुभव गर्न नपरेको बताएका छन् ।‘यो ६÷७ महिनासम्म मैले जातीय बिभेदको अनुभब गरेको छैन’ उनले भने,‘उपाध्यक्षले साहुसगँ म दलित भएको कारण पालिकाले गाडी भाडामा नलिने भन्यो भन्नू भो रे तर मसगँ त्यो भन्नु भएको छैन ।’
पालिकाले भाडामा नलिएकै रिसमा आफ्नो ब्यक्तिगत तथा सार्वजनिक जिबनमा मानहानी गरेको पोख्रेल बताउँछन् । जातीय बिभेद गरेको कुरा प्रमाणित गर्न चुनौती दिएका छन् । आफ्नो मानहानी भएको हुदाँ न्यायका लागी कानुनी प्रक्रियामा जाने उपाध्यक्ष पोख्रेलले बताएका छन् ।

