प्यूठान । प्यूठानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सिचाईका लागी मोटर जाड्ने क्रममा करेन्ट लागेर प्यूठान नगरपालिका ७ टिकुरीका ५८ बर्षिय कमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ । घर नजिकैको कुलोबाट मोटर जोडेर करेसाबारीमा सिचाई गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएको केसीको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

