प्यूठान । नेपाल बिद्युत प्राधिकरणले प्यूठान नगरपालिका ८ दम्तीमा निर्माण गरेको सबस्टेशन सञ्चालन गर्ने अन्तिम तयारी थालेको छ । सवस्टेशन तिहार अगाडी नै सञ्चालन गर्ने गरी काम भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अहिले दम्ती पावर स्टेशनमा ३३ के.भी. लाईन चार्जको काम भएको जनाएको छ । चार्ज पश्चात सवस्टेशन सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । गत कात्तिक ६ गते जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले तिहार अगाडी सवस्टेशन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
दम्ती सवस्टेशन सञ्चालनको अन्तिम तयारी भइरहेकाले झिमरुक खोला किनारका पोल, बिद्युत संरचना लगायतका चिजहरु हातले नछुन आग्रह गरेको छ । नेपाल बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रले एक सुचना जारी गर्दै दम्ती सवस्टेशनमा ३३ के.भी लाइन तथा दम्तीदेखि बिजुवारसम्म ११ के.भी. लाईन चार्जको काम भइरहेकाले यस्ता संरचना नछुन तथा वरपर नजान आग्रह गरेको हो ।

