प्यूठान । स्वर्गद्वारी नगरपालिमा भएको को ‘छैठौं स्वर्गद्धारी मेयर कप’ क्रिकेटको उपाधी स्वर्गद्वारी नगरपालिका वडा नं. ५ ले हात पारेको छ । बाझिँपुर खेलमैदानमा भएको फाइनल खेलमा वडा नं. ५ ले वडा नं. ४ लाई हराउँदै उपाधी हात परेको हो ।
बिजेता बनेसँगै वडा नं. ५ ले नगद ४० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ वडा नं. ३ का सुरेन्द्र सिंह ठकुरी भएका छन् ।
त्यस्तै भलिबलतर्फको उपाधी स्वर्गद्वारी नगरपालिका वडा नं. ७ ले हात पारेको छ । उसले वडा नं. ५ लाई हराउँदै उपाधी रक्षा गरेको हो । वडा नं.७ ले ३–२ को सेटले हराएको हो । बिजेता बनेसँगै वडा नं. ७ ले नगद ४० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ वडा नं. ७ का राजु बि.क. भएका छन् । योसँगै वडा नं. ७ ले दोस्रो पटक मेयर कपको उपाधी जितेको हो ।

