प्यूठान । खलंगा कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । मल्लरानी गाउँपालिका ४ स्थित प्रमुख पर्यटकिय स्थल मल्लरानीमा शुक्रबार साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि उत्पादनको अधारमा अनुदान वितरण गर्ने गरी पालिकाले कार्यविधि बनाएको बताउनुभयो । अध्यक्ष खड्काले कृषकहरुको आवश्यकता तथा मागलाई मध्येनजर गदै अब छिट्टै हाट बजार तथा कृषि संकलन केन्द्र संञ्चालन गर्नें योजना भएकाले पालिकाका भित्रका कृषक तथा कृषि सहकारी संस्थाहरुलाई कृषि उत्पादनमा जोड आग्रह गर्नुभयो ।
त्यस्तै विशेष अतिथि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्वान्वय ईकाई प्यूठानका अध्यक्ष श्याम थापाले कृषकलाई निर्वाहमुखि मात्र नभई ब्यवसायीकमुखि कृषि कर्ममा जुट्न आग्रह गर्नुभयो । उत्पादकले स्थानिय आवश्यकताको आधारमा माटो सुहाउदो अर्गानिक उत्पादन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले सहकारीहरुले कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण ध्यानदिनुपर्ने बताउनुभयो । साधारण सभाबाट आगामी दिनका लागी कृषि उत्पादन क्षेत्रमा लगानी बढाउने,कृषि कर्ममा जुटेका संस्थाका सदस्यहरुको ब्यवसायिक विकासमा सहयोग गर्ने तथा पर्यटन विकासको लागी मल्लरानीमा निमार्ण भैरहको जिपलाइनको लागि ५० हजार रुपैया बराबरको शेयर लगानी गर्ने निर्णय पारित गरिएको छ ।

