प्युठान।
सरुमारानी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखि तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । सरुमारानी गाउँपालिकाका वडा नंम्बर २ दर्भानमा रहेको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य धन बहादुर रायमाझिले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य धन रायमाझिले खेलकुद मानव जीवनको लागि अपरिहार्य रहेको बताउनुभयो । खेलले मनोरञ्जन मात्र नभई शारिरीक,मानसिक तथा बौद्धिक रुपमा फाइदा दिने भएकाले खेल खेल्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।
रायमाझिले खेलकुद मार्फत राष्ट्रलाई चिनाउन सकिने बताउनुभयो । समय समयमा आयोजना हुने क्रिकेट, फुटबल तथा भलिबल प्रतियोगितामा नेपालले सफता हात पादै विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको स्मरण गराउदै यस्ता प्रतियोगिता मार्फत पनि जिल्लालाई चिनाउन सकिने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तुल्सिराम शर्मा र जिल्ला समन्वय उपप्रमुख दुर्गा रेग्मीले कार्यक्रमको सफलताको शुभकामना दिदै खेलकुदले खेलाडिको प्रतिभा पहिचानमा सहयोग पुग्ने भएकाले बेलाबेला खलकुद प्रतियोगिता संञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । साथै खेल सामाजिक तथा साँस्कृतिक क्षेत्रसंग प्र्रत्यक्ष जोडिएकाले आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
प्रतियोगितामा छात्र,छात्राका लागि कपर्दी बाहेक १४ वटा खेलको आयोजना गरिएको गाउँपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा सरुमारानी गाउँपालिकाभित्रका ३ वटा आधारभुत र ८ वटा माध्यमिक विद्यालय गरी ११ वटा विद्यालयको सहभागीता रहेको उहाँले बताउनुभयो । पुष २५ गते बाट सुरु भएको खेलकुद प्रतियोगिता २७ गते सम्म संचालन हुने छ ।

