प्यूठान । नागरिकले मागेको सुचना सार्बजनिक निकायले अनिवार्य सुचना दिनुपर्ने राष्ट्रिय सूचना आयोगका आयुक्त गगन बिष्टले बताएका छ्न । सार्बजनिक निकायका हरेक गतिविधि नागरिकले थाहा पाउनुपर्ने संबैधानिक मौलिक हक रहेको उल्लेख गर्दै नागरिकले मागेको सूचना दिनुपर्ने कानुनी ब्यबस्था भएकाले सार्बजनिक निकायले अनिवार्य सूचना दिनुपर्ने उनको भनाई थियो ।
शुक्रवार खलंगामा सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सूचनाको हक बैकल्पिक र स्वैच्छिक नभएर यो अनिवार्य नागरिक हक रहेको उन उल्लेख गरे । १४२ देशले सूचना हक सम्बन्धि कानुन निर्माण गरेका छ्न ।
त्यस्तै सार्बजनिक हितका निम्ति खोजिएको सूचना अधिकारीले दिनुपर्ने प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताएका छन ।
शुक्रवार खलंगामा सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले भने, `अधिकारीको तजबिजले होइन, सूचना दिनुपर्छ ।´ सबै सार्बजनिक निकायले जानकारी दिएर काम गर्नुपर्ने उनको भनाइ छ ।
सूचनाको हक सम्बन्धि ऐनले दिएको अधिकारलाई उपयोग गरि सूचनालाई सार्बजनिक र नागरिक हितमा सदुपयोग हुने गरि प्रयोगमा ल्याउनुपर्ने उनले बताए ।
राष्ट्रिय सूचना आगोगको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख, सूचना अधिकारी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

