प्यूठान । भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति नेपाली कांग्रेस प्यूठान (ख) ले श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सभापति सरोज थापा (रोज राणा) ले विज्ञप्ति जारी गर्दै, आन्दोलनका कारण देशले व्यहोरेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। नेपाली कांग्रेसको नेतृत्वमा भएका ऐतिहासिक लोकतान्त्रिक आन्दोलनहरू र देशको सकारात्मक परिवर्तनका क्षणहरूलाई सधैँ स्मरण गर्दै, कमीकमजोरीहरूको समीक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता बिज्ञप्तीमा व्यक्त गरेका छन् ।
यसै क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा अन्य नेतामाथि भएको आक्रमणको निन्दा गर्दै, उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै केही दिन यता पार्टीभित्र देखा परेका असन्तुष्टि र आन्तरिक विवादप्रति युवाहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
पार्टीभित्र देखिएका असन्तुष्टि र विवादबारे धैर्य, विधि र अनुशासन कायम राख्न नेता–कार्यकर्तालाई आग्रह गर्दै, संकटको घडीमा संयम अपनाउन अपिल गरिएको छ।2