काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार (आज) विहान ११ बजे अन्त्येष्टी गरिने भएको छ ।
उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टी गरिने छ । त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि नेकपा एमालेले आग्रह गरिएको छ ।
नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

