प्यूठान । पौडी खेल्ने क्रममा झिमरुक नदीले बगाएर बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन्।
गत कार्तिक ७ गते झिमरुक गाउँपालिका–८, गोब्दीकी १० वर्षीया खुसी सामत झिमरुक खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन्। तीन दिनदेखि खोजी जारी रहँदा सोमबार बिहान प्यूठान नगरपालिका–८, बाग्दुला नजिकै उनको शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा खोजी कार्य सञ्चालन गरेका थिए। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल प्यूठान ल्याइएको छ।