प्युठान — बालिकालाइ जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बृद्धलाइ पक्राउ गरेको छ । प्युठानको गौमुखी गाउँपालिका–७ नारिकोटकी १२ वर्षीया बालिकालाइ जबर्जस्ती करणी गरेको आरोपमा ७४ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही वडाका थम्मन परियार रहेका छन्। उनले बालिकालाइ ललाइफकाइ गरी जर्बजस्ती करणी गरेको पारिवारिक स्रोतले बताएका छन ।
पीडित बालिकाका परिवारका अनुसार, ती बालिका शुक्रबार विद्यालय गएका बेला वृद्धले ललाइफकाइ गर्दै उनलाई जबर्जस्ती करणी गरेका थिए। घटना कसैलाई भने प्रहरी दुबैलाई पक्राउ गर्ने भन्दै धम्की दिएको कारण बालिकाले तत्काल जानकारी दिन नसकेको बताइएको छ।
शनिबार मात्र उनले आफ्नी भाउजुलाई घटनाबारे बताएकी थिइन्। भाउजुको माध्यमबाट परिवारमा जानकारी गएपछि प्रहरीमा उजुरी दिइएको हो । पीडित पक्षबाट उजुरी परेपछि उनलाइ घरबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।