प्यूठान । जेनजी आन्दोलनका क्रममा आज (मंगलबार) प्रदर्शनकारीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरेका छन् । दिउँसो एमाले पार्टी कार्यालय बिजुवार र माओवादी पार्टी कार्यालय जुम्रीमा प्रदर्शनकारीले आक्रमण गरेका हुन्।
सोमबार भएको आन्दोलनमा प्रहरीले गरेको दमनका कारण १९ जनाको मृत्यु भएको घटनापछि देशभर आन्दोलन चर्किएको छ। सोही क्रममा प्यूठानमा पनि प्रदर्शनकारी आक्रोशित हुँदै पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेको जनाइएको छ।
केन्द्रीय स्तरमै पनि एमाले र माओवादीका पार्टी कार्यालयमा प्रदर्शनकारीले आक्रमण गरी आगजनी तथा तोडफोड गरेको समाचारहरू सार्वजनिक भएका छन्।