प्यूठान । प्यूठानको स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रालि प्यूठानले यात्रुहरुको चाप र माग अनुसार प्यूठानको प्रमुख धार्मिक तथा प्रयटकिय स्थल स्वर्गद्वारी देखि काठमाडौं सम्म र प्यूठान जिल्ला सदरमुकाम खलंगा देखि चितवन (क्यान्सर अस्पताल गेट) सम्म अत्याधुनिक सुबिधा सम्पन्न ई भि एसि हाईस दैनिक रुपमा सेवा दिने भएको हो । प्रा.लि. ले भाद्र २२ गते आईतवार देखि सेवा दिन लागेको प्रा.लि.का कार्यलय प्रमुख बिकास सुवेदीले जानकारी दिए ।
उनका अनुसार चितवनका लागि जिल्ला सदरमुकाम खलंगाबाट बिहान ५ः१५ बजे, बाग्दुलादेखि ५ः५० र जुम्रीदेखि ६ः१५ बजे छुट्ने छ ।
चितवन क्यान्सर अस्पताल गेटबाट नारायणगढ हुदै बिहान ५ः१५ मा दैनिक रुपमा प्यूठानका लागि छुट्ने सुवेदीले जानकारी दिए ।
त्यस्तै स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा.लि प्यूठानले जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट बिहान ५ः३० बजे काठमाडौंका लागि ई भि एसि हाईस छुट्नेछ । काठमाडौं बसपार्कबाट प्यूठानका लागी दैनिक रुपमा बिहान ५ः१५ मा प्यूठानका लागि छुट्ने प्रमुख सुवेदीले बताए ।